| |HoMe| | |MeMbErS| | |EvEnTs| | |CoNtAcT| | |PhOtO| |
| About Us |
| E-Mail Us |
| Video |
विश्व मगर संघ बेल्जियमले माघे संक्रान्ति मनायो (भिडियो सहित) |
४ माघ: गत १४ जनवरीका दिन विश्व मगर संघ बेल्जियमले बिगत बर्षहरुमा जस्तै गरि यस वर्ष पनि परम्परागत धार्मिक पाठपुजाका साथमा बिबिध सांस्कृतिक कार्यक्रमहरु नेपालका चर्चित लोकगायिका मुना थाप मगर , पप गायक बिजय लामा साथमा स्थानीय कलाकारहरुको बिबिध प्रस्तुतिका साथमा मांघे संक्रान्ति २०१२ भब्य रुपमा मनाएको छ । संघका अध्क्ष मार्के मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालबाट संघको निमन्त्रनामा बेल्जियम पाल्नुभएका भूतपूर्व राष्ट्रिय योजना आयोगका सदस्य, पोखरा बिस्वोबिध्यालयका निबर्तमान उप कुलपति, त्रिभुवन विश्व बिद्यालयको प्राध्यापक तथा मगर संस्कृतिकबिध व्यवस्थापन विषयमा PHD गर्नुभएको डा. केशर जंग बराल मगर प्रमुख अतिथि रहनुभएको थियो भने उक्त कार्यक्रममा नेपाली राजदुतावासबाट विशिस्ठ अथितिको रुपमा काउन्सिलर कुमार खरेल, नेपाल मगर संघका केन्द्रीय सचिब , नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्ष तथा नेपाल जनजाती बिद्यार्थी महासंघका उपआध्यक्ष माधव कुमार दर्लामी मगर बिशेष अतिथि तथा विभिन्न नेपाली समुदायका संघ सस्था, विभिन्न देशबाट मगर संघका अध्यक्ष तथा प्रतिनिधिहरु यु.के बाट बिल पुर्जा मगर , जर्मनीबाट निलम थापा मगर , होल्याण्डबाट रेनुका थापा मगर अतिथि रहनुभएको थियो ! साथै लुवेन नगरपालिका सांस्कृतिक विभागका उप मेयर र बिदेशी संघसस्थाहरुलाई समनवयन गर्ने संस्था vzw federation आक्ली का प्रतिनिधिहरुले पनि कार्यक्रममा आतिथ्य गरेका थिए /उक्त कार्यक्रममा बेल्जियमवासी नेपालीहरुको अपार सहभागिता रहेको थियो/ बेल्जियम स्थित संघ संस्थाहरुमा आइ सी सी पी जी शेर्पा गैह्र आवासीय नेपाली संघ बेल्जियमका महासचिव शिव बडुवाल नेपाली जन प्रगतिशील मंच बेल्जियमका उपाध्यक्ष जित बहादुर लामा, नेपाली लोकतान्त्रिक मंचको महासचिव गोपाल सिंखडा नेपाली जन सम्पर्क समितिको प्रतिनिधि नन्दुराज घले, अन्य विभिन्न संघ संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ! उक्त कार्यक्रमलाई शेर्पा किदुक तथा तामांग समाज बेल्जियमले भने संस्थागत रुपमै सहयोग पुराएको थियो भने विभिन्न संघ संस्थाको संघठन प्रमुख रहनु भएको बेल्जियमका तमुहरु भने औपचारिक कार्यक्रममा देखिएन ! संघको सचिव तथा माघे संक्रान्ति पर्व २०१२ को संयोजक कुल बहादुर रजान मगरले औपचारिक रुपमा करिब २:३० बाट सुरु गरीएको सो कार्यक्रम संघका अध्यक्ष तथा प्रमुख अथितिद्वारा संयूक्तरुपमा परम्परा अनुसार कुलको पुजागरी उत्घाटना गर्नुभएको थियो भने संघका कोषाध्यक्ष लोक बहादुर राना मगरले उपस्थित सम्पूर्णलाई समाज र राष्ट्र निर्माणमा सम्पूर्ण मगर तथा नेपालीहरु एक जुट हुनुपर्ने औलाउदै माघे संक्रान्ति २०१२ को कार्यक्रममा स्वागत गर्दै आफ्नो मन्तब्य रख्नुभाएको थियो ! साथै कार्यक्रमका प्रमुख अतिथि डा. केशर जंग बराल मगर , बिसिस्थ अतिथि काउन्सिलर श्री कुमार राज खरेल र बिशेष अतिथि श्री माधव कुमार दर्लामी मगरले स्वागत मन्तब्य दिनुभएको थियो /मन्तव्यमा युवा नेता माधब कुमार दर्लामी मगरले समग्रमगरहरुको हकहितको लागि तत्काल बिशेष मुद्दाहरुको खोज गरि राष्ट्रिय र अन्तरास्ट्रिय रुपमा हाम्रो मुद्दाहरुलाई चर्काउनु पर्ने ,समग्र समाज र राष्ट्र निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो साथै आगामी नया संविधान अग्रगामी प्रगतिशील हुनुपर्ने र सम्पूर्ण जनजाती, महिला, दलित र मधेसीहरुलाई आत्मनिर्णयको अधिकार सहितको स्वयत्त सत्ता हुनुपर्ने र राज्यको हरेक अंगमा उनीहरुको उपस्थिति प्रतिनिधिमुलक होइन प्रभावमुलक बनाइनुपर्छ भन्नेमा थप जोड दिनुभयो /त्यसैगरी माघे संक्रान्ति मगर हरुको मात्र नभई राज्यको सम्पति हो भन्दै यसलाई जगेर्ना गरिराख्न मगर संघ बेल्जियमले खेलेको भूमिका प्रति आफुहरु खुसि रहेको दुताबास प्रतिनिधिले जनाउनुभयो अन्तमा मगर संस्कृतिहरुलाई लामो समय अध्यन अनुसन्धान गर्नुभएको प्रमुख अथिति डा केशर जंग बराल मगरले माघे संक्रान्ति मनाउनु, माघी नुहाउनु, गिठ्ठा भ्याकुर तरुल खोजि खानु,माघ भरि धनु कांड खेल्नु र त्यसपछि छुनै नपाउनु जस्ता संस्कृतिलाई मानव जिबन, विकाश, भूगोल र विज्ञानसंग जोडेर यी बिचको अन्तरसम्बन्ध र सम्बन्धको कारणहरुसहित माघे संक्रान्ति पर्व र यसको महत्वको बारेमा प्रस्ट पार्नुभएको थियो ! त्यसपश्चात कार्यक्रममा उपस्थित सम्पुर्ण चेलीबेटीहरुलाई संघका जेस्ठ नागरिक बिर्जमान बुदा मगरको हातबाट खादा ओडाई साथमा सखरखण्ड, तरुल , सेलरोटी र अचार र अन्य परिकारलाई सगुनको रुपमा खुवाई सम्मान गरिएको थियो । मगरहरुको संस्कृति झल्किने धनुकाडको खेल कार्यक्रमको एक रोचक पक्ष रहेको थियो ! संस्थाका अध्यक्ष, मगर प्रतिनिधिहरु र इच्छुक दर्शकहरुद्वारा धनुकाड हानेका थिए / मगर परम्परा अनुसार माघे संक्रान्तिका दिन धनुकाडको खेल राखी रमाइलो गर्ने चलन रहेको छ / औपचारिक कार्यक्रमको अन्तमा मगर संघ बेल्जियमको संयोजकत्वमा संचालित तकसेरा , रुकुम नेपालमा हाइस्कुल संचालनमा रु. ५००० देखि माथि आर्थिक सहयोग प्रदान गर्नुहुने दाताहरुलाई खादा ओडाई स्कुलबाट प्रदानगरिएको कदर पत्र प्रमुख अतिथि डा. केशर जंग बराल मगरदवारा वितरण गरिएको थियो / अन्तमा कार्यक्रमको सभाध्यक्ष श्री मार्के मगरले उपस्थित सम्पूर्णमा कार्यक्रमको औचित्य, आवस्यकता र निरन्तरताबारे बोल्दै र कार्यक्रम सफल पार्न आफ्नो क्षेत्रबाट सयोग पुराउनुहुने संघको पदाधिकारी,सल्लाहकारहरु , सदस्यहरु, कार्यक्रम संयोजक युवा स्वयम् सेवक, महिला दिदिबहिनिहरु, भान्सा, प्राविधिक, सांस्कृतिक, वार तथा यातायात लगाएतका बिभाग अन्तर्गत सम्पूर्ण तैयारी गर्नुभएकोमा धन्यवाद तथा कार्यक्रमको अन्त्यसम्म व्यवस्थित बनाउन निर्देशन दिंदै समापन गर्नु भएको थियो । दोश्रो चरणमा रहेको सांस्कृतिक कार्यक्रम बेल्जियमका स्थानीय कलाकार बलराम पुन मगरले स्वागत गीत मगर गीतबाट सुरु गरिएको सांस्कृतिक कार्यक्रमकाम बिबिध मनोरन्जनले भरिपुर्णरहेको थियो / नेपालका चर्चित गायिका मुना थापा मगर तथा पप र रिमिक्स गीतका धनी बिजय लामा यस चरणका प्रमुख आकर्षण थिए भने स्थानीय कर्लाकरहरुले प्रस्तुत गरेका लाइभ दोहोरी अर्को पक्ष थियो / मुना थापा मगरले प्रस्तुतगरेका 'मुखै तितो भनायो तितो करेलिले, हावा सरर , यो संसारको रिट, ' जस्ता थुप्रै हिट नम्बरहरु ले दर्शकहरु लाइ नlचाउन सफल भएकी थिइन ! त्यस्तैगरी बिजय लामाले 'आङलाले बखु लाएकै हो, तल तल बेशीमा मैच्यांग , दर्शकको थुप्रै वान्स मोर र प्रोत्सान पाएका मुना थापा मगर र बिजय लामाद्वारा दर्शकहरुको अनुरोधमा पनि गीत गएका थिए । उपस्थित दर्शकहरुले बिजय लामाकोलागि ४५० युरो जम्मा गरेर, दिपक गुरुंगको हातबाट हस्तान्तर गरेको थियो भने उपस्थित मगरहरुले मुना थापा मगरको लागि पटक पटक गरेर २११५ यूरो ! यसै गरी कार्यक्रममा स्थानीय कलाकारहरु टेक लामाले कोरियोग्राफी गर्नुभएको साना नानीहरुको नाच, जेनी गुरुङ , सान्ति पुन मगर , किरण थापा मगरहरुले नृत्य र अमन मगर र आलोक शर्माले गीत प्रस्तुत गरेका थिए भने पहिलोपटक Live दोहोरी तीन ओटा प्रस्तुत गरिएको थियो/ बिल पुर्जा मगर ( यु.के ) र अनिता राना मगरले ‘मायाजाल बुन्छु म झिम झिम सानु नाझिम्काउ परेली भुतुक्कै हुन्छु म’ भन्दै गर्दा दर्सकहरु रमाइलोमा भुतुक्कै भाथ्यो/ त्यसैगरी कुल बहादुर मगर र लालमती गुरुङले ‘दिउला फुलको थुन्गो यो अल्लारे बैसको लगाईदेउन टुंगो’ भन्दा झन्डै दोहोरिमै बैसको टुंगो लागेको थियो भने चर्चित लोक गायिका मुना थापा मगर र बलराम पुनले ‘मुखै तितो बनायो तिते करेलिले, मलाई लठ्ठै बनायो झिम झिम परेलिले’ भन्दा सब दर्शकहरु लठ्ठै पर्दै भरपुर मनोरंजन लिएको थिए ! प्रचार प्रसारमा आइसकेको नौमती बाजा र सुमन बुढा मगर र राजदुतावासको असहयोगले भिसा प्रक्रियामा आएको समस्याले ल्याउन नसके पनि बेल्जियममै हुनुभएको यस कुमारलाई ल्याउन कार्यक्रम हुनुभन्दा करिब १५ घण्टा अघाडी सुरु भएको समस्याका कारण कार्यक्रम हुनुभन्दा ६ घण्टा अघि रोकिएको थियो र यस समस्यपर्ती आयोजक संगठन चिन्तित भएको छ / यद्यपी दर्सकहरुले भने कुनै गुनासो नगरेको सो कार्यक्रम ११ बजे सम्म संघका सह सचिब दिलु पुन मगरले संचालन गरेका थिए भने त्यस पश्चात होल नाइट डिस्कोमा बिहान ४ बजे सम्म नचाएका थिए बेल्जियमका स्थानीय डी.जे . नवराज थापा मगरले । माघे संक्रान्ति सफल बनाउन विभिन्न व्यक्ति र ब्यबसायीहरुले आर्थिक सहयोग गर्नु भएको थियो, जसमा हल, म्युजिक , कुर्शी - युरो १३७५ मगर चेलीबेटी हरु यमुना रोका मगर, दिलु पुन मगर, सोनिया पुन मगर,मन कुमारी राम्जाली मगर, दिल कुमारी पुन मगर, तेज कुमारी मगर,सबिता बुढा मगर,निसा आले मगर, बिमला पुन मगर, बिमला रोका मगर, कमला राना मगर,नर कुमारी बुदुजा मगर, तपस घर्ति मगरले सहयोग गर्नुभएको थियो र सम्पूर्ण कार्यक्रमवाट प्रभावित भएर साकुरा शुसी लुभेन (नेत्र मगर र मोहन मगर) -५०१ युरो, सूसी लुभेन ( मार्के मगर ) ५०० युरो, सुसी प्यालेस गेन्ट ( किरण पुन मगर र मोहन पाइजा मगर) -२०० युरो , साके सुसी तिनन(धनराज मगर र कुमार मगर )-२०० युरो, राप्रपा बेल्जियमका संस्थापक अध्यक्ष तथा बुद्ध शोप ( राजन बस्नेत)-२०० युरो, सुसी लाउन्ज ( कुल बहादुर मगर )- १५० युरो, निलम थापा मगर(जर्मनीबाट मगर प्रतिनिधि)-१४० युरो, एभरेस्ट गिफ्ट शप ब्रुस्सेल्स( लाल पाइजा मगर )-१०५ युरो, ब्रुस्सेल्सनेपालका संचालक तथा सम्पादक( पुरुषोत्तम सुबेदी)-५१ युरो, क्योको सुशी लुभेन (बिशाल राना मगर )-१५० युरो, सरस्वती मगर-५० युरो र शर्मा- ५० युरो सहयोग गर्नुभयो / कार्यक्रम सफल पार्न सहयोग पुरयाउनु हुने सम्पूर्ण चन्दादाता महानुभाबहरु, कलाकार संघ बेल्जियमका कलाकार टिम , अन्य कलाकारहरु , दर्सक समुदायमा बिस्व मगर बेल्जियम को तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछ । |
![]() |
| World Magar Federation VWZ It has been felt very necessary to establish a non governmental, non-profitable social society by motivating with the idea of contributing to the national construction of the related country where it has been operated to develop various aspects of Magars all around the world where, they are scattered such as to do a research study, scriptions, culture and origin of Magars name, to develop physical, mental, intellectual, moral and personality of all the Magars and to conduct various activities such as skill of speech, various types of sports, dances, folk songs and various tribal folk culture, communal development services and to exchange training programmes with other tribal groups and to serve the purpose of people oriented well-beings by unithing the skills of all the Magars. Keeping all those points, in 2002 World Magar Federaion VZW was established. |
![]() |
![]() |













